सीप भएका तथा सीप सिकेका दक्ष जनशक्ति र कामदारलाई डिजिटल प्रविधि मार्फत् जोड्न २०७६ भदौबाट विधिवत् रुपमा शुरूवात भएको साथै २०७७ चैत १० मा गुगल प्ले स्टोर मार्फत् ५० हजार प्रयोगकर्ताले डाउनलोड गरिसकेको Sriyog.Com एप, २०७८ जेठ २ मा १ लाख प्रयोगकर्ताहरुले डाउनलोड गरिसकेका छन् । डिजिटल प्रविधि अनि डिजिटल युगमा इन्टरनेटको प्रयोग बढे सँगै मोबाईल, ट्याब, कम्प्युटर देखि विभिन्न डिभाइस हुँदै हात हातमा पुगिसकेको प्रविधिलाई आफूमा भएको सीप दर्ता गर्न र काम गराउन खोज्नेले काम गर्ने व्यक्तिलाई सोझै सम्पर्क गर्न भनी शुरूवात गरिएको हो Sriyog.Com र छोटो अवधिमा आफ्ना प्रयोगकर्ताहरुलाई मोबाइल एप मार्फत् डिजिटल युगमा प्रवेश गराउनु र कामलाई कामदारसँग जोड्नु भनेको डिजिटल प्रविधिको नौलो आयाम हामीले मान्दै आएका छौँ ।
Sriyog.Com ले आफूसँग गाँसिएका जनशक्तिहरूलाई रोजगारी उपलब्ध गराउने भन्दा पनि आफनो वेब र मोबाईल एप्लिकेसनको माध्यमबाट उनीहरुलाई र उनीहरुको कामलाई जोड्ने (सेतु) को काम गर्छ । बेरोजगार तथा दक्ष जनशक्तिहरुलाई प्रोफ़ाइलिङ्ग गराई काम गर्ने र गराउने बीचमा डिजिटल प्रविधिलाई सेतु बनाउँदै लगेको यस मोबाईल एपले काम गर्न चाहने, भर्खरै सीप सिकेका, विदेशबाट आएर नेपालमै कामको अवसर खोजिरहेका, कामकाजी महिला दिदी - बहिनीहरुलाई काम खोज्नको लागि आफू सम्बन्धित समूहमा दर्ता गर्नुपर्ने हुन्छ साथै आफ्नो विवरण काम लगाउन खोज्नेले सोही स्थान र समुहमा खोजी गर्दा मोबाईल एप मार्फत् सम्पर्क गरी काम र काम गर्ने व्यक्तिलाईं भौगोलिक स्थानको आधारमा जोडने गर्दछ, जसको माध्यमबाट काम खोज्ने व्यक्ति र काम लगाउने व्यक्ति एक आपसमा प्रविधिको माध्यमबाट स्वचालित रुपमा जोडिने छन् ।
प्रविधिको माध्यमबाट जनशक्तिहरूलाई रोजगारी सिर्जना गर्ने यो एपले नर्मल यूजर (सामान्य प्रयोगकर्ता)को रुपमा दर्ता गर्ने अवसर दिन्छ । कसैले दर्ता नगरी पनि कामदार खोज्ने अवसर प्राप्त गर्छन्, जसलाई नर्मल यूजरको रुपमा दर्ता गर्ने अवसर दिइने गरिन्छ । यसरी सो अवसर प्राप्त गर्नको लागि कुनै पनि दक्ष जनशक्ति (प्रोफेसनल मेनपावर) लाई पुनर्विचार (रिभ्यू रेटिङ्ग) गर्नको लागि साधारण प्रयोगकर्ता (नर्मल यूजर) को रुपमा दर्ता भएको हुनुपर्छ ।यही रिभ्यू रेटिङ्गको आधारमा क्षमता अनि सीपको पहिचान गर्न भनी बनाइएको व्यवस्था (सिस्टम) मा पनि दक्ष जनशक्ति (प्रोफेसनल) व्यक्तिको प्रोफाइलको आधारमा कुनै पनि व्यवसायिक व्यक्तिको प्रोफाईल कुन स्थानमा वा समूहमा राख्ने भनी अहिले सीप दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।
विश्वव्यापी रुपमा फैलिएको बेरोजगारीको विकराल समस्यालाई मध्यनजर गरी काम गर्ने नयाँ अवसरहरुको पनि पहिचान गरी त्यस्तो अवसरहरुलाई समूह अनुसार विभाजन गरिएको छ । Sriyog.Com रोजगार दिने वा लगाउने भन्दा पनि वेब र गुगल प्लेस्टोरमा उपलब्ध रहेको एप मार्फत् काम गराउने र काम गर्नेलाई जोड्ने काम गर्दछ ; जसले काम गर्ने व्यक्तिहरुलाई “काम पाउनको लागि दर्ता गर्नुहोस् ” भन्ने विकल्प (अप्सन) दिने र काम गर्ने व्यक्तिलाई खोज्ने वा काम लगाउन चाहने व्यक्तिहरुलाई “नर्मल यूजर“ को रुपमा दर्ता गर्ने अवसर दिन्छ। दर्ता नगरी पनि कामदार खोज्ने व्यवस्था रहेको छ तर कुनै पनि प्रोफेसनल यूजर लाई रिभ्यु रेटिङ्ग गर्नको लागि नर्मल यूजर अनुरुप दर्ता भएको हुनु पर्ने हुन्छ ।
रिभ्यु र रेटिङ्गकै आधारमा क्षमता अनि सीपको पहिचान गर्न भनी बनाइएको सिस्टममा कुनै पनि प्रोफेसनल व्यक्तिको प्रोफाइलको रेटिङ्गको आधारमा कुनै पनि स्थानको समुहमा शीर्ष स्थानमा आउने व्यवस्था गर्ने भनी अहिले सीप दर्ता गर्ने व्यवस्था मिलाएकोमा एक लाख प्रयोगकर्ता पुग्न सफल भएको छ। बेरोजगारीको विकराल समस्या अनि यस्तो महामारीको बेला पनि कही बसेर गर्न सक्ने कामको पहिचान गरी सीपको सही मुल्यांकन गर्ने अवसर Sriyog.Com बाट उपलब्ध छ।
एपको फिचर्सलाई बिस्तारै परिमार्जित गर्दै लगेको साथै प्रयोगकर्ताहरुबाट आएको सल्लाह सुझावलाई Sriyog.Com टिमले मध्यनजर गर्दै आएको छ । “खुल्ला डिजिटल प्लेटफर्म” मा आधारित मोबाइल फोन एपले काम गर्न र गराउनेलाई डिजिटल माध्यमबाट बिना कुनै मध्यस्थकर्ता तथा स्वचालित रुपमा स्थान र समुहको आधारमा विवरण उपलब्ध गराउँछ । “खुल्ला डिजिटल प्लेटफर्म” यस्तो चौतारी हो जहाँ जो कसैले पनि योगदान गर्न वा लाभान्वित हुन सक्नेछन् । उन्नति र प्रगतिको बाटोमा निरन्तर अघि बढिरहेको Sriyog.Com एप गुगल प्ले स्टोरमा १ लाख डाउनलोड भइसकेको र अब निकट भविष्यमा ५ लाख प्रयोगकर्ता पुर्याउने योजना रहेको कुरा संस्थापक प्रकाश उप्रेती भन्नुहुन्छ ।
हाल यस डिजिटल प्लेटफर्ममा जो कोहीले पनि नेपालको ६० वटा शहरमा साथै १८ समूह अनि त्यसै समूह भित्र पर्ने १५० भन्दा बढी उप-समुहहरुमा आफ्नो विवरण दर्ता गर्न सक्ने व्यवस्था रहेको छ । खुल्ला डिजिटल प्लेटफर्मको अवधारणालाई लक्षित गर्दै संचालन गरिएको यस प्लेटफर्म विराटनगरबाट शुरु भई देशका कुना कुना साथै निकट भविष्यमा “नेपालीलाई नेपाली काम” भन्ने नाराका साथ अस्ट्रेलियाको सिड्नी अनि संयुक्त राज्य अमेरिकासम्म पुर्याउने लक्ष्य राखिएको छ ।
Sriyog.Com मार्फत् सीप सिकेर खाली बसेका, काम गर्दै गरेका, विदेशबाट फर्केर आएका, शिक्षित तथा अल्प शिक्षित महिला, कामकाजी महिला अनि कुनै पनि सीप भएका जानेका व्यक्तिहरुलाई सीपको सही सदुपयोग गर्ने अवसर दिने हुनाले विभिन्न सीप भएका व्यक्तिहरुले आफ्नो सीप र स्थानको आधारमा लाभान्वित हुन सक्नेछन् । सीप सिकाउने ठाउँको पहिचान गराउने, सीप विकास सम्बन्धी कन्टेन्ट बनाउने, सीपलाई कसरी अवसरमा बदल्न सकिन्छ भन्ने जानकारी दिने, सीप दर्ता गरेका व्यक्तिलाई अझै छिटो छरितोसँग कामसँग जोड्ने, बेरोजगारहरुको विवरण लिएर त्यस्ता व्यक्तिहरुको क्षमता पहिचान गर्ने, काउन्सिलिङ्ग गर्ने, क्षमता अभिबृद्धि गराउने साथै मोबाइल एपलाई आइ ओ एस भर्सनमा रिलिज गर्ने भावी योजनाहरू रहेको छन् ।
सिस्टम डेभलपमेन्ट, डेटा कलेक्सन, प्रोफाइल म्यानेजमेन्ट, कर्मचारी संसाधन, विज्ञापन आदि विविध क्रियाकलापहरु गर्दै प्रशस्त श्रम र समय लगानी गरिरहेका साथै नेपालमै बनेको संसारमा फैलेको, काम अनि कामदार सजिलै जोड्ने डिजिटल संजालको रुपमा Sriyog.Com लाई प्रबर्द्धन गर्न जो कोही नेपालीहरू यसको टीममा जोडिन सक्ने कुरा संस्थापक प्रकाश उप्रेती भन्नुहुन्छ । धन्यवाद